ललितपुर । नाईटिङ्गेल ईन्टरनेशनल सेकेण्डरी स्कुलको सहयोगमा तथा डाईनामाईट फुटबल क्लबको आयोजनामा चौथो सिक्स ए साईड थारु फुटसल प्रतियोगिता–२०८३ सुरु भएको छ ।
दुई दिन सम्म चल्ने प्रतियोगिताको शनिबार ललितपुरको ईमाडोल फुटसलमा पूर्व युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले उद्घाटन गरेका छन् ।
१८ टिमको सहभागिता रहेको प्रतियोगितामा आज २० खेल भएको छ भने बाँकी खेलहरु र खेलको समापन भोलि हुनेछ ।
प्रतियोगिताको विजेताले नगद रु. ७७,७७७ पाउने छन् भने उपविजेताले ४४,४४४ पाउने छन् । त्यस्तै तेस्रो हुनेले प्रतियोगिताको दर्ता शुल्क बराबरको रकम फिर्ता पाउने छन् ।
त्यस्तै चौथो हुनेलाई गिफ्ट ह्याम्परको व्यवस्था गरिएको तथा व्यक्तिगत विद्यातर्फ बेस्ट प्लेयर, हाई स्कोरर र बेस्ट गोल किपरलाई क्यास प्राईजको व्यवस्था समेत गरिएको आयोजकले जनाएको छ ।