नेभिगेशन
खेलकुद

“चौथो थारु सिक्स ए साईड फुट्सल टुर्नामेन्ट” भदौ ६र७ गते हुने, श्रावण २८ भित्र टिम दर्ता गराईसक्नुपर्ने

काठमाडौं । डाईनामाईट फुटबल क्लबको आयोजनामा हुने “चौथो थारु सिक्स ए साईड फुट्सल टुर्नामेन्ट–२०८३” को मिति सार्वजनिक भएको छ । आयोजकका अनुसार भदौ ६ र ७ गते ललितपुरस्थित ईमाडोल फुटसलमा प्रतियोगिता हुनेछ । 

प्रतियोगितामा सहभागिताका लागि रजिस्ट्रेसन फि ११ हजार १११ रुपैया तोकिएको छ भने श्रावण २८ गते भित्र टिम दर्ता गराईसक्नुपर्ने अन्तिम मिति तोकिएको छ । 

प्रतियोगिमा प्रथम पुरस्कार ७७,७७७ रुपैया, द्धितिय पुरस्कार ४४,४४४ रुपैया र तेस्रो हुनेलाई रजिस्ट्रेसन फि निःशुल्क गरिने आयोजकले जानकारी दिएको छ । त्यस्तै चौथो हुनेलाई गिफ्ट ह्याम्परको व्यवस्था गरिएको तथा व्यक्तिगत विद्यातर्फ बेस्ट प्लेयर, हाई स्कोरर र बेस्ट गोल किपरलाई क्यास प्राईजको व्यवस्था समेत गरिएको आयोजकले जनाएको छ । 

रजिस्ट्रेसन गर्न चाहनेले प्रबिन चौधरी ९८१६७२९५६५ लाई ह्वाट्सएप मार्फत जुनसुकै बेला पनि सम्पर्क गरेर रजिस्ट्रेसन बारे बुझ्न सकिने आयोजकले जनाईएको छ ।

WhatsApp-Image-2026-08-03-at-1.54.13-AM-(1)-1785738108.jpeg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्