नेभिगेशन
खेलकुद

इन्टरनेशनल प्रथम खुल्ला फुटसल प्रतियोगिता भव्य रूपमा सम्पन्न

भोटे मेन्टेन फुटसल क्लव विजेता

काठमाडौं, साउन २०, २०८२ — इन्टरनेशनल इभेन्ट्स नेपालको आयोजनामा बुढानीलकण्ठस्थित देवी स्पोर्ट्स क्लबमा सम्पन्न इन्टरनेशनल प्रथम खुल्ला फुटसल प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ।

प्रतियोगितामा भोटे मेन्टेन फुटसल क्लबले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्न सफल भयो। फाइनल खेलमा हिमालयन फुटसल क्लबलाई पराजित गर्दै च्याम्पियन बनेको उक्त टिमले नगद एक लाख रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गर्‍यो।

हिमालयन फुटसल क्लब उपविजेता बन्दै नगद पचास हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गर्न सफल भयो। पुरस्कार बुढानीलकण्ठ नगरपालिकाका नगरप्रमुख श्री मितराम अधिकारीले प्रदान गरे।

व्यक्तिगत विधामा भोटे मेन्टेन क्लबका सञ्जय लामाले उत्कृष्ट खेलाडीको उपाधि प्राप्त गरे भने, हिमालयन फुटसल क्लबका दिपेश श्रेष्ठ उत्कृष्ट गोलरक्षक घोषित भए। त्यस्तै, विप्लेका सुरज मगर सर्वाधिक गोलकर्ता बने। तीनै जनालाई जनही रु पाँच हजार नगद र प्रमाणपत्र प्रदान गरियो।

WhatsApp-Image-2025-07-20-at-19.49.31_20974b5f-1753011955.jpg
कार्यक्रममा राष्ट्रिय महिला फुटबल टिमकी सदस्य हिरा भुजेल र अनिता बस्नेत विशेष अतिथिका रूपमा सहभागी थिए।

समारोहका अन्त्यमा आयोजक संस्था इन्टरनेशनल इभेन्ट्स नेपालका कार्यकारी निर्देशक नविन प्रधानले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सबै सहभागी, दर्शक, प्रायोजक तथा स्वयंसेवकप्रति आभार व्यक्त गर्दै भविष्यमा अझ ठूलो र अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गरिने जानकारी गराए।

कार्यक्रमको मुख्य प्रायोजक आइसीएस माइग्रेशन कन्सल्टेन्सी रहेको थियो भने अन्य प्रायोजकहरूमा एक्सट्रिम इनर्जी ड्रिङ्क्स, ब्रिटानिया बिस्कुट, टेलीटाइम्स घडीस्वरुम, केटीएम फ्रोजन र लाभा हार्डवेयर रहेका थिए। कार्यक्रम व्यवस्थापक तथा संस्थाका प्रवन्ध निर्देशक श्रवण कुमार कुवँरले उक्त जानकारी दिएका हुन्।

WhatsApp-Image-2025-07-20-at-19.49.32_01affd44-1753011952.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्