नेभिगेशन
देश

पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि, आज राति १२ बजेदेखि नयाँ दर लागू

काठमाडौं — नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ। नयाँ मूल्यहरू आज राति १२ बजेदेखि लागू हुनेछन्।

नेपाल आयल निगमका अनुसार भारतीय आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त नयाँ मूल्य अनुसार पेट्रोल, डिजेल र हवाइ इन्धनको मूल्य वृद्धि भएपछि देशभित्र पनि मूल्य समायोजन गरिएको हो। निगमले जारी गरेको विज्ञप्तिअनुसार आईओसीले प्रतिलिटर पेट्रोलमा ७ रुपैयाँ ६४ पैसा, डिजेलमा ९ रुपैयाँ १३ पैसा र हवाइ इन्धनमा ६ रुपैयाँ ८८ पैसा मूल्य बढाएर पठाएको छ।

यद्यपि सर्वसाधारणमा पर्ने प्रभावलाई ध्यानमा राख्दै निगमले पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेलमा ४ रुपैयाँ मात्र वृद्धि गरेको छ। हवाइ इन्धनमा भने निगमले आन्तरिक उडानका लागि ७ रुपैयाँ मूल्य बढाएको छ।

यस अनुसार अब पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १६५ रुपैयाँ, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १४९ रुपैयाँ पुगेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्