काठमाडौं । नेपाली बजारमा बिहीबार पनि सुनचाँदीको मूल्य घटेको छ । आज १ हजार ४ सय रुपौँयाले सुनको मूल्य घटेको हो ।
सुनको मूल्य घट्दा चाँदीको मूल्य पनि ५५ रुपैयाँले घटेको छ । चाँदी आज ४ हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २ लाख ५९ हजार ६ रुपैयाँ कायम भएको छ ।
सुनचादीको मुल्य मंगलबारदेखि लगातार ओरालो लाग्दै गएको छ । मंगलबार सुनको मुल्य ७ हजार ९ सयले घटेको थियो भने बुधबार १ हजार १ सय रुपौँयाले घटेर सुनको मूल्य २ लाख ६१ हजार रुपैयाँ कायम भएको थियो ।
यहिक्रममा आज सुनको मुल्य १ हजार ४ सय रुपौँयाले घटेको हो ।