नेभिगेशन
देश

सुकुम्बासी बस्तीमा खानेपानीको अभाव : संघले सरकारको ध्यानाकर्षण गर्‍यो

रिपोर्ट: दिनेश चौधरी

काठमाडौं — आम जनता पार्टी (आजपा) निकट आम सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संघले सुकुम्बासी बस्तीहरूमा खानेपानीको अभाव चिर्न सरकारलाई आग्रह गरेको छ। संघले सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै भूमिहीन र अव्यवस्थित बसोबासीले अझै पनि आधारभूत सेवाबाट वञ्चित रहेको उल्लेख गर्‍यो।

संघका अध्यक्ष कालबहादुर विश्वकर्माले भूमिहीन दलित र सुकुम्बासीहरूलाई नेपाल सरकारले खानेपानी उपलब्ध नगराएको भन्दै आलोचना गरे। “सुकुम्बासी समुदायबाट भोट लिने तर उनीहरुकै विरुद्ध कानुन निर्माण र सेवा कटौती भइरहेको छ,” उनले गुनासो गरे।

उनले काठमाडौं महानगरपालिकाले सुकुम्बासी र कबाडी व्यवसायीहरूमाथि निरन्तर दवाव सिर्जना गरिरहेको पनि आरोप लगाए। “सुकुम्बासीहरूको मत लिएर जितेका प्रतिनिधिहरू नै अहिले उनीहरूलाई विस्थापित गर्न डोजर प्रयोग गरिरहेका छन्,” विश्वकर्माले भने।

कार्यक्रममा संघका केन्द्रीय उपाध्यक्ष अमर मगर, महासचिव एमडी सतार, आजपाका सहअध्यक्ष तिलक थापा मगर, प्रवक्ता चन्द्रभुषण साह, कार्यालय सदस्य धनकुमारी मगर, महिला नेतृ रञ्जु साह र केन्द्रीय सचिवालय सदस्य पासाङ तामाङलगायतको उपस्थिति रहेको थियो।

WhatsApp-Image-2025-06-30-at-7.16.46-PM-1751281169.jpeg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्