नेभिगेशन
राजनीति

संसद संवाद र सहकार्यको थलो हुनुपर्छ : सभामुख घिमिरे

काठमाडौं — संसद दिवस २०८२ को अवसरमा सभामुख देवराज घिमिरेले शुभकामना सन्देश जारी गर्दै संसदलाई जनअपेक्षा पूरा गर्ने उत्तरदायी संस्थाको रूपमा विकास गर्न सबै राजनीतिक दलहरूलाई आग्रह गरेका छन्।

सन्देशमा उनले लोकतन्त्रको रक्षा र संसदीय अभ्यासको सुदृढीकरणका लागि साझा प्रयास आवश्यक भएको उल्लेख गरेका छन्। उनले संसद दिवसको अवसरमा लोकतन्त्रका लागि जीवन उत्सर्ग गर्ने शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्दै, लोकतान्त्रिक आन्दोलनमा योगदान दिने नेतृत्वको स्मरण पनि गरेका छन्।

सभामुख घिमिरेले संसद नीतिनिर्माण, कानुन निर्माण र कार्यान्वयनमा प्रमुख संस्था भएको उल्लेख गर्दै, संसद संवाद र सहकार्यको केन्द्र बन्नुपर्नेमा जोड दिएका छन्। उनले राजनीतिक दलहरूबीच सहमति र साझा सरोकारमा एकता आवश्यक भएको र जनअपेक्षा पूरा गर्न सबै पक्षलाई एकताबद्ध भएर अघि बढ्न अपील गरे।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्