नेभिगेशन
राजनीति

आज संसद दिवस देशभर मनाइँदै

काठमाडौं — नेपालको पहिलो निर्वाचित संसदको बैठक बसेको ऐतिहासिक दिनको सम्झनामा आज देशभर संसद दिवस मनाइँदैछ।

सन् २०१५ सालमा आमनिर्वाचनपछि गठन भएको प्रतिनिधि सभाको पहिलो बैठक २०१६ साल असार १६ गते बसेको थियो। यही ऐतिहासिक दिनलाई स्मरण गर्दै प्रत्येक वर्ष संसद दिवसका अवसरमा विभिन्न कार्यक्रमहरू आयोजना गरिँदै आइएको छ।

सो संसदले असार १९ गते नेपाली कांग्रेसका वरिष्ठ नेता कृष्णप्रसाद भट्टराईलाई पहिलो सभामुखको रूपमा चयन गरेको थियो। उनी २०१७ साल पुष १ गतेसम्म सभामुखको जिम्मेवारीमा रहे।

तर, सोही दिन अर्थात् २०१७ साल पुष १ गते, तत्कालीन राजाले मन्त्रीहरूबिनाको पञ्चायती व्यवस्था घोषणा गरेपछि जननिर्वाचित संसद भंग गरिएको थियो।

maxresdefault-1751256919.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्