नेभिगेशन
देश

‘मस्कुलर डिस्ट्रोफी’ बाट पीडित लियामको उपचार र जनचेतना अभिवृद्धिका लागि ‘होप फर लियाम’ क्याम्पियन सुरु

काठमाडौं । काभ्रेपलान्चोकको बनेपा नगरपालिका–३ का मस्कुलर डिस्ट्रोफी रोगबाट पीडित साढे २ वर्षीय लियाम थापाको उपचारको लागि ‘होप फर लियाम’ क्याम्पियनको सुभारम्भ गरिएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै म्याम्पियनको सुरुवात गरिएको हो ।

मस्कुलर डिस्ट्रोफी एक वंशानुगत रोग हो । जसले बालबालिकाहरुको शारीरिक तथा मानसिक वृद्धि विकासमा नकरात्मक असर पार्छ ।

मस्कुलर डिस्ट्रोफी प्रत्येक ५ हजार जना पुरुषमा एक जना र प्रत्येक एक लाख महिलामा एक जनालाई देखा पर्ने रोग हो । यसको उपचार अत्यन्तै दुर्लभ र महँगो रहेको छ । लियामको उपचारका लागि सहयोग जुटाउने र मस्कुलर डिस्ट्रोफीबारे जनचेतना जगाउने उद्देश्यले कम्पियनको सुरुवात गरिएको बताइएको छ ।

Liam-Thapa-1766740248.jpg
 

कार्यक्रममा लियामकी आमा निर्जला सिग्देल, गायक धिरज राई, मस्कुलर डिस्ट्रोफी फाउन्डेसनका उपाध्यक्ष अनिल उपाध्यायलगायतले आ–आफ्नो धारणा राखेका थिए । लियामको उपचारका लागि सहयोग गर्न र उनकोबारेमा थप जानकारी लिनका लागि ९८४१५०१९४३ मा सम्पर्क गर्न सकिने पनि बताइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्