नेभिगेशन
राजनीति

एमाले वामपन्थी आन्दोलनको असाधारण शक्ति हो : प्रधानमन्त्री ओली

प्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीको विचार, सिद्धान्त र संगठनात्मक शक्ति वामपन्थी आन्दोलनको एउटा असाधारण शक्ति भएको दाबी गरेका छन्।

नेकपा (एमाले)का लोकप्रिय नेता मदन भण्डारीको ७४औं जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मदन भण्डारीको निधनपछि जबज (जनताको बहुदलीय जनवाद) लाई अघि बढाउने क्रममा तीन दशक कठिनाइपूर्ण रहको उल्लेख गरे।

उनले भने, “०४६ सालको चौथो महाधिवेशनदेखि जबजको औपचारिक यात्रा सुरु भएको हो। त्यसयता मदन भण्डारीको अभावका कारण तीन दशक जबजको मार्गमा चुनौतीका वर्षहरू बने। ०५० सालपछि खासगरी गम्भीर चुनौतीहरूको सामना गर्नुपर्‍यो।”

प्रधानमन्त्री ओलीले सोभियत संघको पतनपछिको अन्तर्राष्ट्रिय सन्दर्भमा वामपन्थी शक्तिहरूका लागि अनुकूल अवस्था नरहेको उल्लेख गर्दै, एमालेलाई थुप्रैले कमजोर ठानेको भए पनि त्यो गलत आकलन रहेको बताए।

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्