नेभिगेशन
राजनीति

पार्टीभित्र विभिन्न प्रकारका विचलन देखिन थालेका छन् : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टीका केन्द्रीय सल्लाहकार तथा वरिष्ठ नेता विष्णुलाल श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त गर्दै हाल पार्टीभित्र देखिन थालेका वैचारिक, राजनीतिक, व्यवहारिक र सांगठनिक विचलनप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।

शनिबार काठमाडौंमा आयोजित श्रद्धाञ्जली सभामा बोल्दै अध्यक्ष प्रचण्डले नेता श्रेष्ठको निधनलाई पार्टीका लागि अपूरणीय क्षति भएको बताएका थिए। उनले श्रेष्ठको योगदानलाई उच्च सम्मानका साथ स्मरण गर्दै उहाँलाई अनुकरणीय आदर्श व्यक्तित्वको रूपमा प्रस्तुत गरे।

उनले अहिले पार्टीभित्र देखिन थालेका वैचारिक र सांगठनिक विचलनप्रति चिन्ता व्यक्त गर्दै पार्टीलाई पुनः समाजवादको दिशातर्फ अघि बढाउने दृढ संकल्प व्यक्त गरे।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्