नेभिगेशन
देश

थारु कल्याणकारिणी सभाद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र, अधिकार कार्यान्वयनको माग

रिपोर्ट: दिनेश चौधरी

काठमाडौं । थारु समुदायका माग र मुद्दाहरूप्रति सरकारको ध्यानाकर्षण गराउन थारु कल्याणकारिणी सभाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ। बुधबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमै पुगेर सभाको प्रतिनिधिमण्डलले ज्ञापनपत्र हस्तान्तरण गरेको हो।

ज्ञापनपत्रमा विगतमा नेपाल सरकार, थारु कल्याणकारिणी सभा, थरुहट र थारुवान संयुक्त संघर्ष समितिबीच भएका सहमतिहरू कार्यान्वयन गर्न आग्रह गरिएको छ। साथै, संविधानले व्यवस्था गरेको समानुपातिक समावेशीताको अधिकार र सर्वोच्च अदालतको थारु समुदायलाई राज्यका सबै अंगमा आरक्षण सुनिश्चित गर्ने आदेशलाई कार्यान्वयन गर्नुपर्ने माग पनि राखिएको छ।

WhatsApp-Image-2025-06-25-at-6.57.37-PM-(2)-1750926033.jpeg
सभाका अध्यक्ष प्रेमीलाल चौधरीका अनुसार ज्ञापनपत्रमा थारु समुदायको हक, अधिकार र पहिचानका सवालमा राज्य गम्भीर हुनुपर्ने विषयमा जोड दिइएको छ।

ज्ञापनपत्र बुझाउने क्रममा नेकपा एमाले नेतृ तथा प्रतिनिधिसभा सदस्य भगवती चौधरीले सहजीकरण गरेकी थिइन्। प्रतिनिधिमण्डलमा सभाका अध्यक्ष प्रेमीलाल चौधरीसहित सदस्यहरू गीता चौधरी, धर्मलाल चौधरी, थारु कल्याणकारिणी सभा उपत्यका समितिका सभापति सुमन चौधरी, अधिवक्ता श्रवणकुमार चौधरीलगायतको उपस्थिति रहेको थियो।

WhatsApp-Image-2025-06-25-at-6.57.37-PM-1750926033.jpeg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्