नेभिगेशन
संस्कृति

राष्ट्रिय थारू सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

रिपोर्ट: दिनेश चौधरी

काठमाडौं, असार ७ – राष्ट्रिय थारू कलाकार मञ्चको आयोजनामा काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सम्पन्न ‘बृहत राष्ट्रिय थारू सांस्कृतिक कार्यक्रम’ भव्य रूपमा सम्पन्न भएको छ।

विश्व संगीत दिवसको अवसरमा शनिबार आयोजित कार्यक्रममा देशभरिबाट सहभागी थारू कलाकारहरूले आफ्ना मौलिक गीत, नृत्य र सांस्कृतिक प्रस्तुतीमार्फत थारू समुदायको विविधता झल्काएका थिए।

कार्यक्रमको उद्घाटन नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशम चौधरीले गरेका थिए। उनले उद्घाटन समारोहमा बोल्दै सांस्कृतिक पहिचानका लागि आफूले थालेको अभियानका कारण जेल जीवन बिताउनुपरेको उल्लेख गरे।

Untitled-design-(12)-1750585319.jpg
 

चौधरीले भने, "२०४९ सालमा रेडियो नेपालबाट गीत गाएर मैले सांस्कृतिक क्रान्तिको सुरुवात गरेँ। गणतन्त्र आएपछि थारूको छोराले गीतबाट पहिचान खोजेको कुरा सहन नसकेर मलाई थुने। त्यसपछि राजनीतिमा आउन बाध्य भएँ।"

कार्यक्रममा थारू समुदायको भाषा, पहिचान र परम्परागत संस्कृति उजागर गर्ने विभिन्न प्रस्तुति समावेश गरिएको थियो। राष्ट्रिय थारू कलाकार मञ्चका महासचिव विजय चौधरीका अनुसार बीर चौधरी, ममता चौधरी, विवेक चौधरी, खेम चौधरी, मनोज महतो, सुनिल चौधरी, आर्या चौधरी, नन्दुराज चौधरी, शिव चौधरी समूह लगायत सोमति थारू र अन्य राष्ट्रिय कलाकारहरूले विभिन्न क्षेत्र र थारू भाषामा आधारित मौलिक सांस्कृतिक प्रस्तुति दिएका थिए।

बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन भएको कार्यक्रममा थारू समुदायका चारजना अग्रज स्रष्टाहरूलाई विशेष सम्मानसमेत प्रदान गरिएको थियो।

Untitled-design-(16)-1750585311.jpg

Untitled-design-(17)-1750585840.jpg
 

Untitled-design-(5)-1750584238.jpg
Untitled-design-(7)-1750584617.jpg
Untitled-design-(6)-1750584621.jpg
Untitled-design-(8)-1750584732.jpg
Untitled-design-(7)-1750584733.jpg
Untitled-design-(9)-1750585325.jpg
Untitled-design-(10)-1750585325.jpg
Untitled-design-(13)-1750585313.jpg
Untitled-design-(15)-1750585310.jpg
Untitled-design-(11)-1750585320.jpg
Untitled-design-(14)-1750585314.jpg
Untitled-design-(18)-1750585839.jpg
Untitled-design-(19)-1750585836.jpg
Untitled-design-(20)-1750585837.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्