नेभिगेशन
देश

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल ९ नम्बर व्यूरोको भ्रष्टाचारविरुद्ध राष्ट्रव्यापी अभियानको घोषणा

रिपोर्ट: दिनेश चौधरी

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल अन्तर्गत ९ नम्बर व्यूरोले देशव्यापी रुपमा भ्रष्टाचारविरुद्ध अभियान सुरु गर्ने घोषणा गरेको छ। काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत पार्टीले सो अभियानको औपचारिक घोषणा गरेको हो।

पार्टीका ९ नम्बर व्यूरोका सचिव चिन्तामणि पौडेलले देशभर फैलिएको भ्रष्टाचारविरुद्ध सशक्त आन्दोलन थालिएको जानकारी दिए। अब पार्टीले भ्रष्टाचारीहरूका गतिविधिहरू जनसमक्ष ल्याउने र उनीहरूलाई सार्वजनिक रूपमै बेनकाब गर्ने कार्यक्रम अघि सारेको उनले स्पष्ट पारे।

WhatsApp-Image-2025-06-19-at-8.58.23-PM-1750339835.jpeg
 

उनले भने, "देश अहिले गम्भीर संकटमा छ। भ्रष्टाचारको दलदलमा जनता पीडित छन्। यस्तो परिस्थितिमा हाम्रो पार्टी चुप लागेर बस्न सक्दैन। हामी देशव्यापी रूपमा खबरदारी गर्नेछौं, जनतालाई जागरुक बनाउनेछौं र भ्रष्टाचारविरुद्ध जनआन्दोलनलाई संगठित रूपमा अघि बढाउने छौं। भ्रष्टाचारीहरूको गतिविधि जनताबीच ल्याउने र जनस्तरबाटै उनीहरूमाथि कारबाही हुने गरी अभियान अघि बढाइनेछ।"

त्यस्तै, व्यूरोका इन्चार्ज दिनेश शर्मा (सागर) ले राष्ट्रियता कमजोर पार्ने र जनतालाई गरिबीमा धकेल्ने गतिविधिहरू बढेको बताए। यस्ता गतिविधिहरूविरुद्ध पार्टीले निरन्तर खबरदारी गर्दै आएको र अहिले थप सशक्त रूपमा अभियान सञ्चालन गरिएको उनको भनाइ थियो।

"राष्ट्रिय हितमाथि आघात पुर्‍याउने, जनतालाई आर्थिक रूपमा पछाडि धकेल्ने गतिविधिहरू विरुद्ध हाम्रो पार्टी अघिल्लो समयदेखि नै आवाज उठाउँदै आएको छ," उनले स्पष्ट पारे।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्