नेभिगेशन
देश

एनसेलद्वारा ‘एनपीएल फ्यान प्याक’ सार्वजनिक, ग्राहकलाई बोनस सेवा र टिकट जित्ने अवसर

काठमाडौं । एनसेलले सोमबारदेखि सुरु हुन लागेको ‘सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) पावर्ड बाई एनसेल’लाई अझ रोचक बनाउन ‘एनपीएल फ्यान प्याक’ सार्वजनिक गरेको छ। एनपीएलको दोस्रो संस्करणभर लागू हुने यी प्याकमार्फत ग्राहकले विभिन्न वन–टाइम र रिन्यूवल प्याक खरिद गर्दा प्याकको प्रकारअनुसार अनेकौं बोनस सेवा निःशुल्क पाउनेछन्।

फ्यान प्याक योजना कार्तिक २९ गतेदेखि लागू भई मंसिर २७ गतेसम्म उपलब्ध रहनेछ। अफरअन्तर्गत २५ वा ५० मिनेट अन–नेट कल, निःशुल्क टिकटक वा युट्युब, ७५० एमबी वा १ जीबी डेटा जस्ता १ दिनका लागि मान्य थप बोनस सेवा ग्राहकले उपयोग गर्न सक्नेछन्। यसले ग्राहकले खरिद गरेको प्याकसँगै अतिरिक्त सेवा सुविधाको लाभ लिन सक्ने अवसर प्रदान गर्छ।

यसका साथै, ग्राहकहरू एनसेल एपमार्फत ‘स्पिन एन्ड विन’ मा सहभागी भएर थप बोनस सेवा तथा एनपीएल खेलको टिकट जित्ने मौका समेत पाउनेछन्। “एनपीएल फ्यान प्याकले क्रिकेट महोत्सवलाई अझ ऊर्जाशील बनाउनेछ,” एनसेलका चीफ कन्स्युमर बिजनेस अफिसर उपङ्ग दत्तले बताए। उनका अनुसार क्रिकेटले सबैलाई एकताबद्ध बनाउने हुँदा ‘युनाइटेड बाई क्रिकेट, कनेक्टेड बाई एनसेल’ भन्ने थीमअनुसार यसपटक एनपीएलसँग सहकार्य गरिएको हो।

यी फ्यान प्याकहरूमा ९९ अनलिमिटेड डेटा, २०० कम्बो, सधैं अन ३९९, ५९९ होम एन्ड अवे, ९९ अनलिमिटेड अल नेपाल, २९९ अनलिमिटेड अल नेपाल लगायत र तिनका रिन्यूवलसहित गरी ११ प्रकारका प्याक समावेश छन्। सबै प्याकले आफ्नो श्रेणीअनुसार निःशुल्क बोनस सेवा सुनिश्चित गर्छन्।

उदाहरणका लागि, ९९ अनलिमिटेड डेटा प्याक किन्दा २५ मिनेट अन–नेट कल उपलब्ध हुनेछ। सधैं अन ३९९ वा यसको रिन्यूवल प्याकमा निःशुल्क टिकटक सुविधा मिल्नेछ। ५९९ होम एन्ड अवे तथा रिन्यूवल प्याक लिनेले युट्युब सेवा फ्री प्रयोग गर्न सक्नेछन्। २९९ अनलिमिटेड अल नेपाल भ्वाइस प्याक प्रयोगकर्ताले १ जीबी बोनस डेटा प्राप्त गर्नेछन्। यी बोनस सेवाहरू १ दिनका लागि मान्य रहनेछन्।

एनपीएलको दोस्रो संस्करण त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा मंसिर १ गतेबाट सुरु भई मंसिर २७ सम्म चल्नेछ। एनसेलका अनुसार एनपीएलसँगको सहकार्यले कम्पनीको खेलकुद तथा नेपालप्रति रहेको दीर्घकालीन प्रतिबद्धतालाई झनै मजबुत बनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्