नेभिगेशन
देश

मानव महाशक्ति अभियान नेपालको केन्द्रीय कार्यसमिति गठन, सुष्मा देवकोटाको अध्यक्षतामा ९९ सदस्यीय टिम

रिपोर्ट : दिनेश चौधरी

मानव महाशक्ति अभियान, नेपालको केन्द्रीय कार्यसमिति गठन गरिएको छ। शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत सुष्मा देवकोटाको नेतृत्वमा ९९ सदस्यीय समिति सार्वजनिक गरिएको हो। संगठनले मानव–मानवबीच सेवाभाव र भावनात्मक सम्बन्ध विस्तार गर्दै देशभरिका स्थानीय तहसम्म सेवा पुर्‍याउने उद्देश्यका साथ स्थापना गरिएको जानकारी दिइएको छ। संस्थामा देशका सबै जिल्लाबाट कम्तीमा एक जना र प्रत्येक प्रदेशबाट पनि प्रतिनिधित्व हुने व्यवस्था मिलाइएको छ। घोषित समितिमा कोषाध्यक्षको जिम्मेवारी गोरखाकी कल्पना पोखरेललाई दिइएको छ भने सचिवको भूमिकामा सिन्धुपाल्चोकका प्रमोद आचार्य चयन भएका छन्। त्यस्तै, सदस्यहरूमा किरण केसी (बाग्मती), विजय मल्ल (सुदूरपश्चिम), डा. मखन महर्जन (ललितपुर), भेषराज खड्का (कोशी), कृष्ण आचार्य (धादिङ), सम्पूर्ण सिंह डंगोल (ललितपुर), हेलेना बस्नेत (काठमाडौं), तृष्णा गुरुङ (नवलपुर), सहदेव थापा (चितवन), डा. बुद्धिबहादुर गुरुङ, कल्पना खरेल, कुमार तामाङ (काठमाडौं), कविता केसी (ललितपुर), राजु हमाल (काठमाडौं), सब्बु केसी (रामेछाप), मुना थापा (चितवन), सृजना खरेल (चितवन), डिबी थापा (मकवानपुर), गोपाल भण्डारी (सिन्धुपाल्चोक), माधव अधिकारी (नुवाकोट), महेन्द्र पोखरेल (तनहुँ), सावित्री गुरुङ (चितवन), मेघा आले (चितवन), रामहरि सापकोटा (नुवाकोट), राजकुमारी थापा (तनहुँ), रेनुका श्रेष्ठ (काठमाडौं), निजला मालाकार (ललितपुर), देवराज अर्याल (बुटवल), सुमर्म देवकोटा ढकाल, बिनु अर्याल, राम थापा (तनहुँ) र कृष्णकुमार श्रेष्ठ (काठमाडौं) रहेका छन्।

33-1749210999.jpg
संस्थाको प्रमुख संरक्षकको रूपमा सामाजिक तथा राजनीतिक विज्ञ विनोद कुमार गुरुङ रहनेछन्। त्यस्तै, सल्लाहकारको भूमिकामा हवाई तथा पर्यटन विज्ञ श्रीराजु शाक्य र भाषिक तथा सांस्कृतिक क्षेत्रमा विज्ञ बाल नरसिंह गुरुङ रहेका छन्। कार्यक्रममा संरक्षक गुरुङले मानव जातिका लागि सकारात्मक चेतना फैलाउने उद्देश्यले अभियान अघि बढाइएको स्पष्ट गरे। उनले १० वर्षसम्मको छलफलपछि अभियान सुरु गरिएको उल्लेख गर्दै यसलाई राष्ट्रिय अभियानको रूपमा विस्तार गरिने बताए। उनले अभियानको माध्यमबाट मानवता र जनसेवाको अभ्यास गरिने प्रतिबद्धता पनि जनाए। कार्यक्रममा किरण केसीले अभियानको मूलदर्शनप्रति आस्था व्यक्त गर्दै यसको सफलता र प्रभावकारिताको कामना गरे। अध्यक्ष सुष्मा देवकोटाले पनि आफ्नो भनाइ राख्दै अहिलेको विकाससँगै मानवता हराउँदै गएकोप्रति चिन्ता व्यक्त गरिन्। उनले चेतनाको पुनःजागरण र मानव सेवाका लागि जनचेतना फैलाउने उद्देश्यले तीन करोड नेपाली नागरिकलाई अभियानमा समेटिएको स्पष्ट पारिन्।

34-1749210998.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्