नेभिगेशन
राजनीति

शर्मा नेतृत्वको समितिले एनआरएनए एकताका लागि सुरु गर्यो वार्ता

काठमाडौं । गैरआवासीय नेपाली संघ ९एनआरएनए०को उच्चस्तरीय न्यायिक तथा मेलमिलाप समितिले संस्थाभित्र बृहत् एकताका लागि वार्ता सुरु गरेको छ । गत  मे ३–४  मा काठमाडौँमा भएको एकताको महाधिवेशनबाट २०२५–२७ कार्यकालका  लागि  निर्वाचित महेशकुमार श्रेष्ठ नेतृत्वको कार्यसमितिले एकता महाधिवेशनमा सहभागी नभएको पक्षलाई समेत समेट्न  लागि वार्ता सुरु गरेको हो। राजेन्द्रकुमार ९आरके०शर्माको  संयोजकत्वमा गठित ५ सदस्यीय समितिलाई पूर्णता दिइए लगत्तै वार्ता प्रक्रिया सुरु भएको हो ।


समितिको सदस्यमा जानकी गुरुङ, सुनील शाह, नारायण आचार्य र शनि ओली रहेका छन् । समितिको पहिलो बैठकले एकताको प्रयासलाई सार्थकता प्रदान गर्नका लागि संस्थाका पूर्व अध्यक्षहरू, राष्ट्रिय समन्वय परिषद् ९एनसीसी०अध्यक्षहरूका साथै सरोकारवालासँग छलफल गर्ने निर्णय गरेको छ । पहिलो बैठकमा आमन्त्रितको रूपमा सहभागी अध्यक्ष महेश कुमार श्रेष्ठ र महासचिव बाबुराम ९बीआर०लामाले वार्ताबाट संस्थागत एकता कायम गर्नका लागि हर सम्भव आग्रह गरेका थिए । समितिले गर्ने निर्णय मान्य हुने गरी काम गर्न पनि अध्यक्ष र महासचिवले समितिलाई प्रस्ट पारेका थिए । सर्वोच्च अदालतको एक  फैसला अनुसार बद्री केसी पक्षले आफ्नो कार्यकाल अक्टोबर १४, २०२५  सम्म हुने दाबी गर्दै आएको छ भने  त्यसपछि उक्त कार्यसमिति स्वतः भङ्ग हुने छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्