नेभिगेशन
राजनीति

अग्रगामी मोर्चाको प्रवक्ता बने सिके राउत

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतले अग्रगामी मोर्चामा प्रवक्ताको जिम्मेवारी पाएका छन् ।

मोर्चाको मंगलबार बसेको बैठकले उनलाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो । यसआधारमा राउतले विज्ञप्ति समेत निकालिसकेका छन् ।

मोर्चाले मोर्चाका घटक दलहरू आगामी प्रदेश निर्वाचनसम्म सरकारमा सहभागी नहुने निर्णय समेत लिएका छन् ।

मोर्चामा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, डा. चन्द्रकान्त राउतको जनमत पार्टी, प्रभु साहको आम जनता पार्टी छ । नागरिक उन्मुक्ति पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी र खम्बुवान राष्ट्रिय मोर्चा यसमा रहेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्