नेभिगेशन
राजनीति

जनताको अपेक्षा थप प्रगाढ बनाउन विजया दशमीले उत्प्रेरित गर्नेछ : उपराष्ट्रपति

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले संविधानको पालना, संरक्षण र कार्यान्वयनमा सबै पक्षले संयम, संवाद र सहकार्यको बाटो लिनुपर्ने आवश्यकता औंल्याएका छन्।

विजया दशमीको अवसरमा शुभकामना व्यक्त गर्दै उनले यो पर्वले संविधानले सुनिश्चित गरेका अधिकार, नागरिक स्वतन्त्रता र समावेशी प्रतिनिधित्वप्रति जनताको अपेक्षा अझै गहिरो बनाउन उत्प्रेरित गर्ने विश्वास प्रकट गरे।

उनका अनुसार विजया दशमी असत्य, अन्याय र समाजमा बढ्दै गएको विभाजनविरुद्ध एकताबद्ध हुन प्रेरणा दिने पर्व हो। उनले थपे, “यस पर्वले हामी सबैमा आत्मशुद्धि, सामाजिक जिम्मेवारी र राष्ट्रिय एकताको भावना जागृत गरोस्। सत्य, सदाचार, सद्भाव, भाइचारा र सहिष्णुताको मार्गमा अघि बढ्ने ऊर्जा हामीले प्राप्त गरौं।”

उपराष्ट्रपतिले दशैँले विगतका कटुतालाई विस्मृत गर्दै शुभेच्छा साटासाट गर्ने र सामाजिक सम्बन्धलाई थप प्रगाढ बनाउने अवसर प्रदान गर्ने विश्वास व्यक्त गरे।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्