नेभिगेशन
देश

अनामनगरस्थित थारू आयोगको सभाहलमा 'थारू खाद्य परिकार सम्बन्धी प्रारम्भिक प्रतिवेदन' माथि अन्तरक्रिया कार्यक्रम सम्पन्न

थारू भाषा साहित्य केन्द्र नेपालको आयोजनामा र थारू आयोगको सहकार्यमा थारू खाद्य परिकारसम्बन्धी प्रारम्भिक प्रतिवेदनमाथि छलफल तथा अन्तरक्रिया कार्यक्रम अनामनगरस्थित थारू आयोगको सभाहलमा सम्पन्न भएको छ। कार्यक्रममा थारू आयोगका कार्यवाहक अध्यक्ष माननीय श्री सुबोध सिंह थारू प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। सो अवसरमा थारू भाषा साहित्य केन्द्र नेपालका अध्यक्ष श्री भुलाई चौधरी र उपाध्यक्ष श्री बुद्धसेन चौधरीले प्रारम्भिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

प्रतिवेदन प्रस्तुतिपछि कार्यक्रममा सहभागी विद्वान तथा सरोकारवाला व्यक्तिहरूले विभिन्न टिप्पणी, सुझाव तथा सल्लाह प्रस्तुत गर्दै प्रतिवेदनलाई अझ उपयोगी र प्रभावकारी बनाउन सकिने धारणा व्यक्त गरेका थिए। प्रारम्भिक प्रतिवेदनअनुसार हालसम्म थारू समुदायका २०० भन्दा बढी परिकार समेटिएका छन् भने थप अनुसन्धानको प्रक्रिया जारी रहेको जानकारी दिइएको छ। ती परिकारका विशेषता, पकाउने तरिका र सांस्कृतिक महत्त्वसमेत समावेश गरिने बताइएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्