नेभिगेशन
राजनीति

यस्ता छन् मन्त्रिपरिषद्का पछिल्ला १९ निर्णयहरु

काठमाडौँ । सरकारले प्रधानमन्त्री कार्यालय मातहत रहेका दुई महत्वपूर्ण विभागलाई अर्थ मन्त्रालयमा ल्याउने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अर्थ मन्त्रालयमा, र राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालयमा सार्ने निर्णय गरेको हो।

शुक्रबार बसेको पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता जगदिश खरेलले नेपाल सरकार (कार्य विभाजन) (तेस्रो संशोधन) नियमावली, २०८२ स्वीकृत भएको जानकारी दिए।

मन्त्रिपरिषद्का अन्य १९ प्रमुख निर्णय यसप्रकार छन् :

१. नेपाल सरकार (कार्य विभाजन) (तेस्रो संशोधन) नियमावली, २०८२ स्वीकृत।
२. संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद्मा पेस गर्न विश्वव्यापी आवधिक पुनरावलोकन (चौथो चक्र) को राष्ट्रिय प्रतिवेदन स्वीकृत।
३. अमेरिका हुने विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा अर्थमन्त्री र सचिवको भ्रमण स्वीकृत।
४. सुदूरपश्चिममा वन तथा पर्वतीय प्रणाली पुनःस्थापना परियोजनाका लागि २२ लाख ४२ हजार ४८३ अमेरिकी डलर बराबरको अनुदान स्वीकार।
५. मध्य नेपालमा धान आधारित खेती तथा खाद्य प्रणाली जलवायु अनुकूल रूपान्तरण परियोजनाका लागि ८७ लाख ८७० अमेरिकी डलर बराबरको अनुदान स्वीकार।
६. स्थानीय जलवायु अनुकूलन जीवनयापन सुविधा कार्यक्रमका लागि ४१ लाख ९० हजार अमेरिकी डलर बराबरको अनुदान स्वीकार।
७. पूर्वसचिव रामुप्रसाद डोटेलको संयोजकत्वमा बनेको कार्यदलको कार्यावधि ४५ दिन थप।
८. नेपाल बीमा प्राधिकरणको रिक्त अध्यक्ष पदमा आन्तरिक राजस्व विभागका उपमहानिर्देशक जनकराज शर्मालाई तोक्ने।
९. २०८२ भदौ २३–२४ को प्रदर्शनमा मृत्यु भएका नेपाली नागरिकका परिवारलाई (कैदीबन्दी र बालबन्दी बाहेक) १० लाखका दरले सहयोग, साथै ५ लाख काजकिरिया र यातायात खर्चका लागि।
१०. ६ महानगरपालिका र ११ उपमहानगरपालिका क्षेत्रमा ३ करोडभन्दा बढीको जग्गा–घर कारोबार गर्न अनुमति पत्र अनिवार्य गर्ने व्यवस्था नेपाल राजपत्रमा प्रकाशित गर्ने।
११. नेपाली सेनामा दुई जना प्रमुख सेनानीलाई महासेनानीमा, नौ जना महासेनानीलाई सहायक रथीमा बढुवा, तीन सहायक रथीको सरुवा।
१२. संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र मातहत निकायहरूको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति।
१३. अनलाइन सञ्चार माध्यम दर्ताका लागि सूचना तथा प्रसारण विभागका महानिर्देशकलाई स्थानीय अधिकारी तोक्ने।
१४. सञ्चार तथा सूचना प्रविधि सुरक्षण मुद्रण नियमावली, २०८२ स्वीकृत।
१५. सञ्चार तथा सूचना प्रविधि मन्त्रीलाई नेपाल सरकारको प्रवक्ता तोक्ने।
१६. सहसचिव (प्रा.) चिरञ्जिवी चटौतलाई नेपाल इन्जिनियरिङ सेवा समूहीकरणतर्फ सचिवमा बढुवा।
१७. सहसचिव कृष्णप्रसाद काप्रीलाई नेपाल प्रशासन सेवा समूहीकरणतर्फ सचिवमा बढुवा।
१८. मन्त्रिपरिषद्का राजनीतिक, आर्थिक–पूर्वाधार, प्रशासन, विधेयक र सामाजिक समिति गठन।
१९. नेपाल विविध सेवा, सूचना प्रविधि समूहीकरणतर्फका सहसचिव डा. राम गोविन्द अर्याल र रमेश शर्मा पौड्यालको राजीनामा स्वीकृत।

Photo-(6)-(1)-1758884423.jpg
Photo1-1758884425.jpg
Photo2-(1)-1758884422.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्