नेभिगेशन
देश

कात्तिक २१ गतेदेखि २३ मा स्वतन्त्र नागरिकहरुको दोस्रो राष्ट्रिय सम्मेलन

काठमाडौं । स्वतन्त्र नागरिकहरुको दोस्रो राष्ट्रिय सम्मेलन आगामी कात्तिक २१ देखि २३ गतेसम्म हुने भएको छ। रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै सम्मेलनबारे जानकारी दिइएको हो। सम्मेलनमा देशभरका स्वतन्त्र नागरिक, विज्ञ, सामाजिक अभियन्ता तथा युवा पुस्ताको सक्रिय सहभागिता रहने बताइएको छ।

कार्यक्रममा वर्तमान राजनीतिक संकट, सुशासन, पारदर्शिता र दीगो विकासका लागि वैकल्पिक नीति तथा रणनीतिमाथि विस्तृत बहस हुने आयोजकहरुले बताएका छन्।

त्यस्तै, स्वतन्त्र नागरिकहरुले सम्मेलनमार्फत केही एजेण्डा अघि सारेका छन्। जसअन्तर्गत दक्षता र योग्यता नभएका तथा दलगत कोटाबाट नियुक्त भएका राजदूतहरुलाई फिर्ता बोलाउनुपर्ने, दलगत संगठनहरुको खारेजी गर्नुपर्ने, स्थानीय तहमा स्वतन्त्र उम्मेदवारहरुको सहभागिता सुनिश्चित गर्नुपर्ने माग राखिएको छ। साथै, संवैधानिक नियुक्तिहरु तत्काल खारेज गर्नुपर्ने, प्रणालीमा सुधार गर्नुपर्ने, जेन–जी आन्दोलनमाथि दमन गर्ने जिम्मेवारहरुलाई कारबाही गर्नुपर्ने र भ्रष्टाचारविरुद्ध कठोर कदम चालिनुपर्ने पनि सम्मेलनको एजेण्डामा समावेश गरिएको छ।

WhatsApp-Image-2025-09-25-at-22.53.47_2b63a908-1758845438.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्