नेभिगेशन
देश

जेनजी आनदोलनमा भएको क्षतिका लागि बीमा दाबी २३ अर्ब ३९ करोड पुग्यो

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएका तोडफोड र आगजनी घटनाबाट भएको क्षतिपूर्तिका लागि बीमा दाबीको रकम २३ अर्ब ३९ करोड २७ लाख रुपैयाँ पुगेको छ।

नेपाल बीमा प्राधिकरणका अनुसार भाद्र २३ गतेदेखि असोज ८ गतेसम्म विभिन्न बीमा कम्पनीहरूमा २ हजार ९८८ दाबी दर्ता भएका छन्। यी दाबीहरूको कुल मूल्य २३ अर्ब ३९ करोड २७ लाख रुपैयाँ बराबरको छ।

सबैभन्दा बढी क्षतिपूर्ति दिनुपर्ने देखिएको कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स हो। यस कम्पनीले ३०७ दाबीमार्फत ५ अर्ब ४५ करोड ९३ लाख रुपैयाँभन्दा बढी भुक्तानी गर्नुपर्ने देखिएको छ। त्यसपछि ओरिएन्टल इन्स्योरेन्सले ८६ दाबीमार्फत ५ अर्ब २३ करोड २४ लाख रुपैयाँ र आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले १९६ दाबीमार्फत २ अर्ब ७९ करोड ६६ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने अनुमान छ।

प्रदेशगत विवरण हेर्दा, सबैभन्दा बढी दाबी बागमती प्रदेशमा दर्ता भएको छ। यहाँ मात्र १,६०८ दाबी परेका छन्, जसको कुल रकम १८ अर्ब रुपैयाँभन्दा बढी छ।

त्यस्तै, कोशी प्रदेशमा ३७७ दाबीमार्फत २० अर्ब २५ करोड रुपैयाँ, गण्डकीमा २१९ दाबीमार्फत १७ अर्ब ९३ करोड रुपैयाँ, लुम्बिनीमा २५४ दाबीमार्फत ५२ करोड रुपैयाँ, मधेशमा ३२३ दाबीमार्फत ६५ करोड रुपैयाँ, कर्णालीमा २५ दाबीमार्फत ८ करोड ९८ लाख रुपैयाँ र सुदूरपश्चिममा १८२ दाबीमार्फत २५ करोड ८७ लाख रुपैयाँ बराबरका दाबी दर्ता भएका छन्।

Photo-(1)-(7)-1758780983.png
Photo-(2)-(7)-1758780983.png
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्