नेभिगेशन
राजनीति

तोकिएको समयमा निर्वाचन सम्पन्न गराउन कुनै सम्झौता हुँदैन् : मन्त्री सिन्हा

काठमाडौं । नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनील कुमार सिन्हाले मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गरेका छन्।

पदभार ग्रहणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री सिन्हाले तोकिएको समयमा निर्वाचन सम्पन्न गराउनु सरकारको पहिलो प्राथमिकता रहेको स्पष्ट पारे। उनले निर्वाचनमा कुनै सम्झौता नहुने भन्दै आवश्यक परे अध्यादेशमार्फत कानुन संशोधन वा परिमार्जन गरेरै निर्वाचन सम्पन्न गरिने बताए।

उनका अनुसार केही कानुनी विषयमा संशोधन गर्नुपर्ने अवस्था रहेको छ भने केही तयारीका लागि आवश्यक कानुनलाई परिमार्जन गर्नुपर्ने आवश्यकता छ। उनले भने, “चुनाव सम्पन्न गर्नु हाम्रो प्रमुख प्रतिबद्धता हो, तोकिएको समयमा नै सम्पन्न गर्नुपर्छ, त्यसमा कुनै सम्झौता हुँदैन।”

सिन्हाले यसअघि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी पनि सम्हालेका थिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्