नेभिगेशन
राजनीति

रास्वपा केन्द्रीय समिति बैठक आज पनि बस्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समिति बैठक आज दिउँसो पनि बस्ने भएको छ। पार्टीको केन्द्रीय कार्यालय चःमतिमा बुधबार अपराह्न १ बजेदेखि बैठक सुरु हुने जनाइएको छ।

प्रवक्ता मनिष झाका अनुसार हिजोदेखि प्रारम्भ भएको बैठकमा मुलुकको पछिल्लो राजनीतिक परिस्थिति सम्बन्धी विषयमा छलफल भइरहेको छ। बैठकमा पार्टीका सातै प्रदेश सभापतिहरूले प्रदेश बैठकबाट प्राप्त विवरण पेस गर्ने कार्यसूची रहेको छ।

त्यसैगरी, परिवर्तित राजनीतिक अवस्थाको सन्दर्भमा केन्द्रीय सदस्यहरूलाई आफ्नो धारणा राख्ने अवसर दिइने प्रवक्ता झाले बताए। साथै, पार्टी संगठन, विभागीय संरचना र रिक्त विभागहरूको पूर्तिबारे पनि छलफल हुने सम्भावना रहेको उनले जानकारी दिएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्