झापा । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा मात्र काँकरभिट्टा नाकामार्फत दुई अर्ब ८४ करोड ४८ लाख ८४ हजार रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ नेपाल आयात गरिएको छ।
भन्सार कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार साउन–भदौ महिनामा पेट्रोलियम पदार्थ आयातबाट मात्रै एक अर्ब ३९ करोड ८६ लाख ३० हजार रुपैयाँ राजश्व संकलन भएको छ।
यस अवधिमा १६ हजार ३५२ किलोलिटर पेट्रोल (मूल्य करिब एक अर्ब ४२ करोड ७२ लाख), नौ हजार ४ किलोलिटर डिजेल (८४ करोड ४२ लाख), चार हजार २३३ मेट्रिक टन एलपी ग्यास (४० करोड ४९ लाख), एक हजार ४८८ किलोलिटर एटिएफ (१३ करोड २८ लाख) र २४८ किलोलिटर मट्टितेल (दुई करोड २२ लाख) आयात भएको भन्सार कार्यालयले जनाएको छ।