नेभिगेशन
देश

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीमा डा. निकोलस भुसालको उम्मेदवारी घोषणा

काठमाडौं। डा. निकोलस भुलासले अन्तरिम संविधान जारी गरेर आउँदो फागुन २१ गते प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको निर्वाचन गर्नुपर्ने प्रस्ताव राखेका छन्। रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा उनले आफूलाई सो पदको उम्मेदवारका रूपमा प्रस्तुत गर्दै प्रत्यक्ष निर्वाचनमार्फत मात्र देशलाई सही दिशातर्फ लैजान सकिने दाबी गरे।

उनका अनुसार, हालको संविधानलाई पुनर्लेखन गरी अन्तरिम संविधान ल्याउनुपर्ने, प्रदेशसभा र राष्ट्रिय सभा खारेज गर्नुपर्ने र भ्रष्टाचारसँग जोडिएका सबै विसंगति तथा बेथिति अन्त्य गर्नुपर्ने आवश्यकता छ।

डा. भुलासले भने– “फागुन २१ गते मेरो जन्मदिन पनि हो। सोही दिन हुने प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको पहिलो निर्वाचनमा म आफ्नो उम्मेदवारी घोषणा गर्दछु। यो संविधानलाई सुधारेर, अन्तरिम संविधान जारी गरेर र बेथिति चिर्दै भ्रष्टाचारको छानबिन गर्ने प्रक्रियासहित देशलाई नयाँ बाटोतर्फ अघि बढाउन आवश्यक छ।”

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्