नेभिगेशन
देश

ओली र लेखक विदेश भाग्न सक्ने वरिष्ठ अधिवक्ता त्रिपाठीको आशंका, राहदानी रोक्का राख्न माग

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले जेन–जी आन्दोलनमा भएका निर्मम दमनमा संलग्न तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक, सम्बन्धित सुरक्षा निकायका प्रमुख र प्रमुख जिल्ला अधिकारीहरूलगायत सबैलाई तत्काल गिरफ्तार गर्नुपर्ने माग गरेका छन्। रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले सबै दोषीलाई कानूनी दायरामा ल्याउनुपर्ने र विदेश भाग्न नपाउन राहदानीसमेत रद्द गर्नुपर्ने जोड दिए।

त्रिपाठीले भने– “जेन–जी पुस्ताले उठाएको आन्दोलन पवित्र भावना लिएर गरिएको थियो; लोकतन्त्र, भ्रष्टाचारमुक्त प्रशासन र सुशासनको लागि गरिएको थियो। २३ गतेको निर्मम दमन अस्वीकार्य छ। यस दमनमा संलग्न सबैलाई पक्राउ गर्नुपर्छ — प्रधानमन्त्रीदेखि गृह तथा सुरक्षा निकायका सबै प्रभारीसम्म । राहदानी जफत गरिनुपर्यो, नभए त उनीहरू देशबाट भाग्न सक्छन्।”

उनले अहिलेको सरकारको वैधता आन्दोलनबाट आएको भएकाले अब सरकारले चुनाव गराउनु अनिवार्य भएको उल्लेख गर्दै, यदि चुनाव हुन सकेन भने मुलुक ठूलो दुर्घटनामा पर्ने चेतावनी दिए। त्रिपाठीका अनुसार आन्दोलनको शक्ति नै सरकारको वैधताको आधार हो र सरकारको प्राथमिक एजेण्डा चुनाव नै हुनुपर्ने उनले तीनाएका छन्।

साथै उनले सबै नेताहरूको सम्पत्ति जफत गरेर जरुरतअनुसार खर्च गर्नुपर्ने पनि माग गरे। उनका भनाइ अनुसार नेता–नेतिका घर–घरमा छापा मारेर उनीहरूसँग भएको रकम जफत गरिए पाँचवटा सिंहदरबार झैँ नयाँ संरचना बनाउन पुग्ने रकम जुट्ने उनले दावी गरे।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्