थारू भाषा साहित्य केन्द्रको दोस्रो महाधिवेशन प्रतिनिधिसभा सदस्य तथा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ।महाधिवेशनले नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। कार्यसमितिको अध्यक्षतामा पुनः भुलाई चौधरी चयन हुनु भएको छ, जसअन्तर्गत ११ सदस्यीय कार्यसमिति गठन गरिएको हो।

कार्यसमितिमा उपाध्यक्षको जिम्मेवारी बुद्धसेन चौधरीले, महासचिव सियाराम चौधरी, सचिव सहदेव चौधरी र कोषाध्यक्षको रूपमा राकेश सिंह थारूले पाएका छन्। त्यस्तै, कार्यसमिति सदस्यहरूमा राम स्वागत चौधरी, कल्पना चौधरी, इन्दु सिंह थारू, आशिष चौधरी, उदय नारायण चौधरी र सुमन कुमारी चौधरी चयन भएका छन्।

महाधिवेशनको अवसरमा शान्ति चौधरीद्वारा लिखित "सलहेश फुलवारी" पुस्तक विमोचन गरिएको थियो।थारू भाषा तथा साहित्यमा विशेष योगदान पु¥याउने विभिन्न व्यक्तित्वहरूलाई कार्यक्रममा सम्मान गरिएको थियो। सम्मान प्राप्त गर्नेमा साहित्यकार तथा पत्रकार डा. कृष्णराज सर्वहारी, हास्यकलाकार, समाजसेवी तथा लेखक शत्रुधन चौधरी र कवियित्री एवं साहित्यप्रेमी संतोषी चौधरी लगायत रहेका छन्।
कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि तथा बुद्धिजीवी वर्गको उल्लेखनीय उपस्थिति रहेको थियो।