नेभिगेशन
देश

जुम्लाको हिमामा भालुको आक्रमण ,दुई जना घाइते

दानबहादुर बुढा, मुगु।
जुम्लाको हिमा गाउँपालिकामा भालुको आक्रमण हुँदा दुई जना घाइते भएका छन्। हिमा गाउँपालिका–५ बाझगाडको भित्र बन क्षेत्रमा बुधबार बिहान गाईबस्तु चराउने क्रममा उनीहरु आक्रमणमा परेका हुन्।

घटनामा ३० वर्षीय हरिचन्द्र रोकाया गम्भीर घाइते भएका छन् भने ३५ वर्षीय गणेश रोकाया सामान्य घाइते भएको स्थानीय दलबिर रोकायाले जानकारी दिए। गम्भीर घाइते हरिचन्द्रलाई प्राथमिक उपचारपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला लगिएको छ भने गणेश रोकायाको स्थानीयस्तरमै उपचार भइरहेको छ।

स्थानीयका अनुसार भालुले आक्रमण गर्ने क्रममा गाई, गोरु र भेडासमेत मारेको छ। यस घटनापछि गाउँमा त्रास फैलिएको छ। वन क्षेत्र नजिकै गाउँ भएकाले यस्ता घटना दोहोरिन थालेको भन्दै स्थानीयवासीले सम्बन्धित निकायलाई तत्काल प्रभावकारी कदम चाल्न आग्रह गरेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्