नेभिगेशन
देश

आजपा नेतृ रञ्जु साहको भनाइ - जनताको बलिदानीबाट प्राप्त उपलब्धी दलतन्त्रले चकनाचुर पारिदियो

गणतन्त्र दिवसको सन्दर्भ पारेर आम जनता पार्टी (आजपा) ले ‘वर्तमान व्यवस्था : दलतन्त्र कि गणतन्त्र?’ शीर्षकमा एक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरू, प्राध्यापकहरू, कानूनविदहरू तथा नागरिक समाजका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै आजपाको केन्द्रीय कार्यालयकी सचिव रन्जु साहले वर्तमान राजनीतिक व्यवस्था प्रति कडा आलोचना व्यक्त गरिन्। उनले भनिन्, "दलतन्त्रले जनताको त्याग, तपस्या र बलिदानको मूल्यलाई चकनाचुर बनाएको छ। विशेषगरी प्रमुख तीन राजनीतिक दलका नेताहरूले गणतन्त्रलाई दलतन्त्रमा रूपान्तरण गरेका छन्।" उनले देशमा व्यापक रुपमा देखिएको बेथिति, विकृति र विसंगतिका लागि गलत व्यवस्थालाई जिम्मेवार ठहर गरिन्। साहको भनाइमा, देशमा विद्यमान विकृत व्यवस्था विरुद्ध आजपा निरन्तर संघर्षरत छ। उनले भन्सार प्रणालीमा रहेको लुटतन्त्र विरुद्ध पार्टीले आठ-आठ महिना लामो संघर्ष गरेको स्मरण गराइन्। त्यही संघर्षका आधारमा सरकारले आजपासँग केही सहमति जनाए पनि तिनको कार्यान्वयन नभएको भन्दै असन्तोष व्यक्त गरिन्।

"सरकारसँग भएको सम्झौता कार्यान्वयन नभए फेरि पनि आन्दोलनको मार्ग रोजिनेछ," उनले चेतावनी दिँदै भनिन्, "हामी सरकारलाई स्पष्ट रूपमा चुनौति दिन चाहन्छौं– सम्झौता पालना नभए आजपा चुप लागेर बस्ने छैन।"

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्