नेभिगेशन
साहित्य

जय बहादुर सिंहको पहिलो कृति ‘परिकल्पना जाजरकोट’ पुस्तक सार्वजनिक

लेखक जय बहादुर सिंहको पहिलो पुस्तक ‘परिकल्पना जाजरकोट’ आज काठमाडौंमा सार्वजनिक गरिएको छ। राजधानीमा आयोजित विशेष समारोहमा नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा पार्टीका केन्द्रीय निर्वाचन विभाग प्रमुख नीरज आचार्यले पुस्तक विमोचन गरेका हुन्।

कार्यक्रममा लेखक सिंहले जाजरकोट भौगोलिक नक्सामा भए पनि विकासको नक्सामा अझै समेटिन नसकेको टिप्पणी गरे। समाजमा देखिएका चुनौती र समस्याहरूलाई पुस्तकमा प्रतिबिम्बित गरेको उल्लेख गर्दै उनले भोलिको समाधानका दृष्टिकोण पनि प्रस्तुत गरेको बताए।

विद्यालयमा खाली कुर्सी, अस्पतालमा औषधी अभाव र युवाहरूको विदेश पलायनजस्ता पीडादायी अवस्थाले नै ‘परिकल्पना जाजरकोट’ को जन्म भएको उनको दाबी छ।

WhatsApp-Image-2025-09-20-at-10.24.13_f0053482-1758328075.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्