नेभिगेशन
राजनीति

नेपाल प्रहरीका ४८ जना एसपीको सरुवा

काठमाडौं । **नेपाल प्रहरीले ४८ जना वरिष्ठ प्रहरी अधिकृत (एसपी)**हरूको व्यापक सरुवा गरेको छ।

गृहमन्त्री ओमप्रकाश अर्यालले पदभार सम्हालेसँगै सरुवा प्रक्रिया अघि बढाइएको हो। सरुवापछि नयाँ जिम्मेवारी तोकिएका अधिकृतहरूलाई प्रहरी प्रधान कार्यालयमार्फत कार्यान्वयनमा ल्याइएको छ।

प्राप्त सूचीअनुसार, कपिलवस्तुमा सन्तोष आचार्य, दाङमा दिपक श्रेष्ठ, पाल्पामा दिपेन्द्र पञ्जियार थारु खटाइएका छन्। त्यस्तै, पर्सामा सुदिपराज पाठक, बाँकेमा अंगुर जिसी, कास्कीमा नवीन कार्की र सुनसरीमा केशव थेवेलाई पठाइएको छ।

यस्तै, भक्तपुरमा सूर्यबहादुर खड्का, पूर्वी नवलपरासीमा युवराज खड्का र मकवानपुरमा सुवासचन्द्र बोहरालाई जिम्मेवारी तोकिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्