नेभिगेशन
देश

जेन जी आन्दोलनसँग संलग्न भएको आरोपमा एकजनामाथि खुकुरी प्रहार

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१० फरेष्टीगेट नजिक सोमबार साँझ करिब ६ बजे खुकुरी प्रहारबाट एक व्यक्ति घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी श्यामु अर्यालका अनुसार घाइते हुनेमा मकवानपुरगढी गाउँपालिका–५ निवासी ३४–३५ वर्षीय प्रेम घिमिरे रहेका छन्। उनको अवस्था मध्यम रहेको र थप उपचारका लागि भरतपुर पठाइएको प्रहरीले जनाएको छ।

स्थानीयहरूका भनाइअनुसार घिमिरे जेन जी आन्दोलनसँग संलग्न रहेको आरोप लागेपछि विवाद भएको थियो। केहीले आक्रमणकारी एमाले, कांग्रेस वा माओवादी निकट भएको दाबी गरे पनि प्रहरीले भने घटनामा संलग्न व्यक्ति वा समूहको पहिचान खुल्न बाँकी रहेको स्पष्ट पारेको छ।

प्रहरीले आक्रमणकारीको पहिचान र पक्राउका लागि खोजी कार्य तीव्र पारेको जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्