नेभिगेशन
देश

भाटभटेनी विराटनगरमा जलेको अवस्थामा शव भेटियो

विराटनगर । जेन–जी आन्दोलनका क्रममा तोडफोड र आगजनीको शिकार बनेको विराटनगरस्थित भाटभटेनी सुपरमार्केटमा जलेको अवस्थामा शव भेटिएको छ।

मोरङ प्रहरीले दिएको जानकारीअनुसार सोमबार बिहान सफाइ गर्ने क्रममा सुपरमार्केटको दोस्रो तलामा पूर्ण रूपमा जलेको शव (मानव कंकाल) फेला परेको हो।

प्रहरीको प्रारम्भिक अनुमानमा आगजनी र लुटपाटकै बीचमा कसैको मृत्यु भएको हुन सक्ने आशंका गरिएको छ।

जेन–जी आन्दोलनका क्रममा देशभरका भाटभटेनी सुपरमार्केट आन्दोलनकारीको प्रमुख निसाना बनेका थिए। त्यस क्रममा धरान र विराटनगरका शाखा ध्वस्त भएका छन्। धरानस्थित भाटभटेनीमा आगजनी हुँदा चार जनाले ज्यान गुमाएका थिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्