नेभिगेशन
देश

सेवा र विकासका लागि युवा संस्थाले गरे २५ सय विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गर्ने घोषणा

सेवा र विकासका लागि युवा संस्थाले देशका १३ विभिन्न जिल्लाका कक्षा ८ देखि १२ मा अध्ययनरत २,५०० विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गर्ने भएको छ। शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत संस्थाले विद्यार्थीहरूका शैक्षिक आवश्यकता पहिचान गरी सामग्री वितरणको योजना सार्वजनिक गरेको हो।

सामग्री वितरण गरिने जिल्लाहरूमा पाँचथर, उदयपुर, नुवाकोट, सप्तरी, रामेछाप, गुल्मी, अर्घाखाँची, रोल्पा, सुर्खेत, डोटी, बाँके, नवलपुर र तनहुँ रहेका छन्। वितरण गरिने सामग्रीमा झोला, कापी, कलम, जोमेट्री बक्स, प्रायोगिक अंग्रेजी बोलचाल पुस्तक, नेपाली बृहत शब्दकोश तथा ल्यापटप समेत समावेश छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्