नेभिगेशन
देश

जेनजी आन्दोलनमा मारिएकालाई शहीद घोषणा, परिवारलाई १० लाख क्षतिपूर्ति

काठमाडौं । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउनेहरुलाई सरकारले शहीद घोषणा गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा भएको निर्णयबारे जानकारी दिँदै मुख्यसचिव एक नारायण अर्यालले मृतक परिवारलाई १०–१० लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराइने बताए।

त्यसैगरी, आन्दोलनका क्रममा घाइते भएकाहरुको निशुल्क उपचारका लागि प्रधानमन्त्री कार्कीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको अर्यालले जानकारी दिए।

उनका अनुसार, सरकारी तथ्यांकअनुसार आन्दोलनमा सहभागी ५९ जना, कैदीबन्दी १० जना र तीन सुरक्षाकर्मी गरी जम्मा ७२ जनाले ज्यान गुमाएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्