सुर्खेत । जेन–जी आन्दोलनमा ज्यान गुमाएका व्यक्तिप्रति श्रद्धाञ्जली प्रकट गर्न सुर्खेतका सामुदायिक विद्यालय चार दिनका लागि बन्द हुने भएका छन्।
सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ, सुर्खेतले शनिबार एक विज्ञप्ति जारी गर्दै भदौ २९ गतेदेखि असोज २ गतेसम्म र असोज ५ गते विद्यालयमा शैक्षिक गतिविधि बन्द रहने जनाएको हो। तर, आर्थिक तथा प्रशासनिक कार्य भने यथावत सञ्चालन हुनेछन्।
महासंघका अध्यक्ष चन्द्रा कुमारी खड्काद्वारा जारी विज्ञप्तिमा हालको राजनीतिक अवस्थाले शान्ति–सुरक्षामा जोखिम बढाएको उल्लेख गर्दै यस्तो संवेदनशील समयमा विद्यालय सञ्चालन गर्दा बालबालिका जोखिममा पर्न सक्ने भएकाले विद्यालय बन्द गर्ने निर्णय गरिएको प्रष्ट पारिएको छ।