काठमाडौं । जेनेरेशन–जी (जेन–जी) को आन्दोलनका क्रममा प्रहरीको गोली लागी घाइते भएका एक जनाको उपचारकै क्रममा मृत्यु भएको छ। तर मृतकको परिचय भने अहिलेसम्म खुलाइएको छैन।
सोमबारको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका ती व्यक्तिको सिभिल अस्पतालमा उपचार भइरहेको अवस्थामा ज्यान गएको अस्पताल प्रशासनले जानकारी दिएको हो।
मृतकको नाम र ठेगाना खुलाइएको छैन भने हाल अस्पतालमा एक सयभन्दा बढी घाइतेको उपचार भइरहेको अस्पतालले जनाएको छ।