नेभिगेशन
देश

कोशी मन्त्रीको गाडीको ठक्करबाट घाइते बालिका अस्पतालबाट डिस्चार्ज

कोशी । कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री राम राना सवार गाडीको ठक्करबाट घाइते भएकी ११ वर्षीया बालिका उपचारपछि अस्पतालबाट डिस्चार्ज भएकी छन्।

शनिबार बिहान ललितपुरको हरिसिद्धि घुम्तीमा नेकपा (एमाले) को विधान महाधिवेशनमा सहभागी हुन काठमाडौं आएका मन्त्री राना चढेको गाडीले बालिकालाई ठक्कर दिएको थियो। दुर्घटनापछि गाडी रोक्ने प्रयास नगरी अघि बढेको आरोप लागेपछि उक्त घटना विवादित बनेको हो।

घटनापछि बालिकाको उपचार खर्च एमालेले व्यहोर्ने घोषणा गरेको थियो। दुर्घटना भएको स्थान साँघुरो सडकमा तीव्र गतिमा गाडी चलाइएकाले स्थानीयवासीले मन्त्री रानामाथि आलोचना गर्दै सडकसमेत अवरुद्ध पारेका थिए।

उक्त समयमा मन्त्री राना गोदावरीमा शुक्रबारदेखि सुरु भएको एमाले विधान महाधिवेशनमा सहभागी हुन गएका थिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्