नेभिगेशन
देश

मधेश प्रदेशमा आज सार्वजनिक बिदा

जनकपुर । मधेश प्रदेश सरकारले आज (शुक्रबार) सार्वजनिक बिदा दिएको छ। मुस्लिम समुदायले मनाउने मोहम्मद जयन्तीको अवसरमा प्रदेशभर बिदा घोषणा गरिएको हो।

गृह, सञ्चार तथा कानुन मन्त्रालयका प्रदेश सचिव विमल प्रसाद बरालले जारी गरेको सूचनामा २०८१ चैत्र २२ गते प्रकाशित मधेश राजपत्रअनुसार २०८२ सालमा दिइने अतिरिक्त बिदा सूचीअनुसार आज बिदा दिइएको उल्लेख छ।

प्रदेश सरकार गठन भएयता प्रत्येक वर्ष मोहम्मद जयन्तीको दिन मधेश प्रदेशमा सार्वजनिक बिदा दिइँदै आएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्