नेभिगेशन
सलिमा

“डबल या तेब्बर बबाल” अफरसहित डेल्टा अटोकर्पको पर्व विशेष योजना

काठमाडौं — नेपालका लागि भेस्पा र एप्रिलिया स्कुटरका आधिकारिक वितरक डेल्टा अटोकर्प प्रा. लि. ले यस वर्ष पनि दशैं, तिहार र छठ पर्व लक्षित गर्दै “डबल या तेब्बर बबाल” नामक आकर्षक फेस्टिभ अफर सार्वजनिक गरेको छ।

यो योजना अन्तर्गत, नयाँ भेस्पा वा एप्रिलिया स्कुटर खरिद गर्ने ग्राहकहरूले स्क्र्याच कार्ड पाउनेछन्। उक्त कार्डमा रहेको क्युआर कोड स्क्यान गरेर प्राप्त रकमलाई दोब्बर वा तेब्बर बनाउन सकिनेछ।

यसका अतिरिक्त, हरेक साताको लक्की ड्र मार्फत ग्राहकहरूले ४ रात ५ दिनको थाइल्याण्ड भ्रमण जित्ने मौका पाउनेछन्। त्यस्तै, अफरको बम्पर उपहारमा १ जना भाग्यशाली ग्राहकले १० लाख रुपैयाँ नगद प्राप्त गर्ने अवसरसमेत रहनेछ।

पुरानो मोटरसाइकल वा स्कुटर साट्दा (एक्सचेन्ज गर्दा) न्यूनतम रु. ४०,००० को मूल्याङ्कन हुने छ भने स्क्र्याच कार्डमार्फत बजार मूल्यभन्दा थप रु. १,५०,००० सम्म पाउन सकिनेछ। साथै, फाइनान्स सुविधा पनि उपलब्ध छ – ४.९९% ब्याजदरमा शून्य सेवा शुल्कसहित।

यो अफर नेपालभरका सबै अधिकृत भेस्पा–एप्रिलिया शोरूमहरूमा लागू हुनेछ।

डेल्टा अटोकर्पका प्रमुख कार्यकारी अधिकृत विजय महतोले भने, “हामी सधैं ग्राहकलाई लाभ दिने योजनामा प्रतिबद्ध छौं। यसपटक पनि पर्वलाई अझ रमाइलो र उत्साहपूर्ण बनाउन ‘डबल या ट्रिपल बबाल’ अफर ल्याएका छौं। हामीलाई विश्वास छ, यसले ग्राहकहरूको उत्सवलाई विशेष बनाउन सहयोग गर्नेछ।”

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्