नेभिगेशन
देश

दानबहादुर कार्कीले दिएको रिट सर्वोच्चमा दर्ता भएन

काठमाडौँ । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) हटाएका दानबहादुर कार्कीले दिएको रिट सर्वोच्च प्रशासनले दर्ता नगरी राखेको छ। सर्वोच्च अदालत प्रशासनका अनुसार अध्ययनका लागि रिट राखेको हाे।

बुधबार सरकारले प्रहरी महानिरीक्षकबाट हटाएर डा.मनोजकुमार केसीलाई आईजीपी नियुक्त गरेको थियो । उक्त निर्णयविरुद्ध कार्की रिट लिएर आज सर्वोच्च पुगेका थिए।

कार्की निकट अधिवक्ता टिकाबहादुर कुँवरले सर्वोच्च प्रशासनले रिट अध्ययनका लागि समय लाग्ने भन्दै आज दर्ता नगरेको जानकारी दिए।

उक्त रिट शुक्रबार दर्ता भएमा तिहार विदापछि मात्रै प्रारम्भिक सुनुवाइ हुनेछ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्