नेभिगेशन
देश

चितवनबाट ६ लाख २३ हजार रुपैयाँभन्दा बढीका पटाकासहित दुई भारतीय नागरिक पक्राउ

चितवन । जिल्ला चितवन भरतपुर महानगरपालिका -०३ स्थितबाट ६ लाख २३ हजार ४६५ रुपैयाँ बराबरका पटाका सहित दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरिएको छ ।

चाडपर्व लक्षित जिल्ला प्रहरी कार्यालय चितवन तथा मातहतका प्रहरी कार्यालयहरूले विभिन्न मितिमा सञ्चालन गरेको कारबाहीका क्रममा उनीहरूबाट झिरझिरे, खुर्सानी, चक्र, रकेटलगायत ८० हजार ३७२ थान पटाका बरामद गरिएको हो ।

बरामद पटाकाको अनुमानित बजार मूल्य ६ लाख २३ हजार ४६५ रुपैयाँ रहेको छ । उनीहरूको साथबाट १ लाख ७२ हजार ३०० रुपैयाँ नगदसमेत बरामद गरिएको छ ।

पक्राउ पर्नेमा भारत मोतिहारीका ४१ वर्षीय सञ्जय साह तेली र २९ वर्षीय राज जैसवाल उर्फ कन्हैया कुमार रहेका छन् । पटाकाजन्य पदार्थसहित पक्राउ परेका उनीहरूमाथि विस्फोटक पदार्थसम्बन्धी कसुरमा कारबाही प्रकृया अगाडि बढाइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्