नेभिगेशन
देश

नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदी ३ घण्टापछि रिहा

काठमाडौं । नेपाल प्रेसको न्यूज रुमबाटै पक्राउ गरिएका पत्रकार विश्वमणि सुवेदीलाई प्रहरीले रिहा गरेको छ । उनलाई नियन्त्रणमा लिएको ३ घण्टापछि ब्यूरोले छाडेको हो ।

प्रहरीले सुवेदीलाई पक्राउ गरी नेपाल प्रेसमा प्रकाशित समाचारको स्रोत खोल्न दबाब दिएको थियो । यस्तै प्रधान सम्पादक मात्रिका पौडेल र अध्यक्ष विन्दुराज लम्साललाई पनि ब्यूरोमा बोलाएर सोधपुछ गरियो ।

प्रधान सम्पादक पौडेलले समाचारको सबै जिम्मेवारी आफूले लिने बताएपछि पत्रकार सुवेदीलाई रिहा गर्न प्रहरी तयार भएको हो । समाचारको स्रोत खोल्न पौडेलले अस्वीकार गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्