नेभिगेशन
देश

अध्यादेशले खारेज गरेका ८५ वटा ऐनका प्रावधान जगाउने विधेयक प्रतिनिधिसभामा प्रस्तुत

काठमाडौं । अध्यादेशमार्फत खारेज गरिएका ८५ वटा ऐनका प्रावधान साविककै रुपमा जगाउने गरी सरकारले ल्याएको विधेयक प्रतिनिधिसभामा प्रस्तुत भएको छ ।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक २०८३’ प्रतिनिधिसभामा प्रस्तुत गरेकी हुन् ।

अध्यादेश २०८३ वैशाख १९ गते जारी भई ११० ऐन संशोधन हुँदा १ हजार ५३४ सार्वजनिक पदाधिकारी पदमुक्त भएका थिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्