काठमाडौँ । प्रतिनिधिसभाबाट राष्ट्रिय सेवा दल विधेयक २०८३ पारित भएको छ ।
सोमबार बसेको सभामा कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले यो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन् । जसलाई सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभाबाट सर्वसम्मतिले पारित गरेको घोषणा गरे ।
राष्ट्रिय सेवा दल ऐन २०२७ ले वर्तमान अवस्थालाई सम्बोधन गर्न नसक्ने भन्दै सरकारले संशोधन विधेयक ल्याएको हो ।
विधेयक पारित भएपछि सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभाको अर्को बैठक मङ्गलवार दिउँसो १ बजेसम्मका लागि स्थगित गरेका छन् ।