नेभिगेशन
देश

थारु कल्याणकारिणी सभा उपत्यका समितिको पहिलो समिक्षा बैठक सम्पन्न

काठमाडौं । थारु कल्याणकारिणी सभा उपत्यका समितिको नव निर्वाचित कार्यसमितिको पहिलो समिक्षा बैठक सम्पन्न भएको छ ।

आज (शनिबार) काठमाडौंको भिमसेनगोलास्थित थाकस केन्द्रीय कार्यलयमा बैठक बसी भदौ २७ गते सम्पन्न ९ औं अधिवेसन बारे समिक्षा सहित नयाँ कार्ययोजना बारे छलफल गरेको छ ।

2-1789837484.jpg

थाकस उपत्यका समितिको सभापति शत्रुधन प्रसाद चौधरीको सभापतित्वमा बसेको बैठकमा निवर्तमान सभापति सुमन चौधरी, निर्वाचन अधिकृत नमोनारायण सिंह थारु, थाकस केन्द्रीय सदस्य बिरेन्द्र प्रसाद चौधरी, केन्द्रीय पार्षद प्रतिनिधिहरु गिता चौधरी, सिताराम थारु, चम्पा चौधरी लगायतको उपस्थिति रहेको थियो ।

बैठकमा निवर्तमान सभापति सुमन चौधरीले सम्पुर्ण हरहिसाब तथा बैंक खाताहरु नव निर्वाचित सभापति शत्रुधन प्रसाद चौधरीलाई हस्तान्तरण गरेको थियो भने समितिको केन्द्रीय पार्षदमा चुनिएका प्रतिनिधिहरुलाई प्रमाणपत्र समेत प्रदान गरेको थियो ।

सो क्रममा बैठकको समापन गर्दै नवनिर्वाचित सभापति शत्रुधन चौधरीले निवर्तमान सभापति सुमन चौधरीसहित पुराना कार्यसमितिलाई धन्यवाद दिदै अव नयाँ सोचविचार र तरिकाबाट अगाडी बढ्ने बताए । उनले पुरानाले गरेका गल्ती र कमीकमजोरीबाट सिक्दै नयाँ कार्यसमितिले त्यसलाई सुधार गर्दै लैजाने धारणा राखे ।

कार्यक्रमको सञ्चालन सचिव उमेश कुमार चौधरीले गरेका थिए ।

8-1789837486.jpg

6-1789837486.jpg

4-1789837486.jpg

5-1789837485.jpg

 

7-1789837484.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्