नेभिगेशन
देश

कोशी प्रदेशका २३२ अलपत्र योजना चालु आर्थिक वर्षभित्र सक्ने लक्ष्य

विराटनगर । बजेट अभाव र प्रक्रियागत झन्झटका कारण कोशी प्रदेशमा अलपत्र परेका २३२ वटा पूर्वाधार योजनाको काम अघि बढ्ने भएको छ ।

भौतिक पूर्वाधार विकासमन्त्री जीवन आचार्य र निर्माण व्यवसायी महासंघ कोशी प्रदेशका प्रतिनिधिबीचको छलफलमा लामो समयदेखि अलपत्र रहेका योजना चालु आर्थिक वर्ष (आव) भित्रै पूरा गर्ने सहमति भएको हो ।

मन्त्रालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०८२/८३ सम्म १२१ वटा कालोपत्रे सडकहरू स्रोत अभावमा अधुरा छ । पुल, भवन लगायत १११ वटा योजनाहरू पनि अलपत्र अवस्थामा छन् ।

गतआर्थिक वर्षमा मोरङका ४५, झापाका ४२, सुनसरीका १९, इलामका ९, खोटाङका ३, उदयपुरका २ र धनकुटाको १ सडक योजना स्रोत अभावमा अधुरा रहेका थिए । ती सडकहरू मात्रै पूर्णता दिन करिब ३२ करोड रुपैयाँ आवश्यक छ । सरकारले स्रोत जुटाइदिएपछि काम अघि बढ्नेछ ।

मन्त्री आचार्यले अधुरा योजना अघि बढाउँदा आवश्यक पर्ने बजेट व्यवस्थापनका लागि मुख्यमन्त्री र अर्थमन्त्रीसँग आवश्यक समन्वय गर्ने बताए ।

‘सरकार र निर्माण व्यवसायी एकअर्काका साझेदार हुन् ,’ उनले भने, ‘व्यवसायीहरूले इमानदारिताका साथ तोकिएको केही महिनाभित्रै काम सक्ने प्रतिबद्धता जनाएकाले सरकारले अन्तिम पटक म्याद थप र बजेट व्यवस्थापनमा सहजीकरण गर्नेछ । तर, काममा कुनै पनि बहानामा ढिलासुस्ती सह्य हुने छैन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्