नेभिगेशन
देश

संसदीय विशेष समिति गठन गर्ने विषयमा छलफल गर्न बसेको बैठक निष्कर्षविहीन

काठमाडौं। रसुवा बाढीपछि सरकारलाई आवश्यक सुझाव दिन संसदीय विशेष समिति गठन गर्ने विषयमा छलफल गर्न बसेको प्रमुख दलका नेताहरुको बैठक निष्कर्षविहीन भएको छ।

संसदीय विशेष समिति गठन गर्ने बिषयमा रास्वपा दलका उपनेता गणेश पराजुलीको आह्वानमा बिहीबार सिंहदरबारमा बसेको बैठकमा समितिमा प्रतिनिधित्व गर्ने सदस्यहरुको संख्यामा सहमति जुट्न नसकेपछि बैठक निष्कर्षविहीन भएको हो।

बैठकमा प्रतिपक्षी दलका नेताहरुले संयुक्त बैठक नियमावली अनुसार राष्ट्रिय सभालाई समेत समेटेर सबैको अपनत्व हुने गरी सानो आकारको संयुक्त समिति गठन गर्न प्रस्ताव गरेका थिए। सत्तारूढ दलका तर्फबाट दलहरूको सङ्ख्यात्मक हैसियतका आधारमा प्रतिनिधित्व हुनुपर्ने अडान आएपछि बैठक निष्कर्षविहीन बनेको कांग्रेस सचेतक निश्कल राईले बताए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्